सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेको भन्दा एक लाख ५० हजार मत बढी ल्याएको बताएका छन्। सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताएका हुन्।
‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन्।’ उपसभापति खड्काले भने,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस्।’ उपसभापति खड्काले पार्टी भित्रको कुण्ठाका कारणले केही ठाउँमा पराजित भएको उनको भनाइ छ।
‘हामी देशभरका चार सयभन्दा बढी स्थानीय तहमा जित्ने थियौं।’ उनले भने, ‘तर, केही साथीको कुण्ठाका कारणले हलो र सूर्यमा मत दिएर हार्नुपर्यो । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन।’
पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था बिमति भए पनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उनले बताए। ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उनले भने व्यक्तिगत विवाद समीक्षा गर्न आवश्यक छ।’
‘सभापति देउवासँग केही व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उनले भने, ‘तर, पार्टीमा जीवन लगानी गरेका साथीहरूले अरुलाई मतदान गर्नु भए नी ?’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation