९ कार्तिक २०८३, आइतबार

कांग्रेसको सप्तरी सभापतिमा साह विजयी

  • २७ फागुन २०७८, शुक्रबार
Image

सप्तरी- नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी भएका छन्।

गत मंगलबार भएको चुनावको बिहीबार भएको मतगणनामा साह एक सय १६ मतान्तरले सभापतिमा विजयी भएका हुन्। साहले एक हजार एक सय ८६ मत पाउँदा उनका प्रतिस्पर्धी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरेका छन्।

सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन्।


प्रतिक्रिया

सम्बन्धित खवर