३१ असार २०८१, आइतबार

आज एमाले संसदीय दलको बैठक बस्दै, पेरिसडाँडामा माओवादी

  • २४ असार २०८१, आइतबार
Image

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक  बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

नेपाली कांग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए।

प्रतिनिधिसभा बैठक पनि आज बस्दै छ। सो बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतका सन्दर्भमा पनि बैठकमा छलफल हुने बताइएको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडौंमा बसेको छ। माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बिहान ९ बजे सुरु भएको हो।

पछिल्लो समय विकास भएको राजनीतिक घटनाको समीक्षा र आगामी योजना निर्माणका विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ। बैठकले प्रदेश सरकारको नेतृत्व र भूमिकाका बारेमा छलफल तथा निर्णय गर्ने एक सांसदले बताए। 

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत वा मार्ग प्रशस्त गर्ने विषयमा निर्णय गर्ने बताइएको छ।  मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत फेस नगर्ने पक्षमा छन्। प्रदेशको ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएपछि विश्वास मत लिन मुख्यमन्त्री जम्कट्टेलले इच्छा नदेखिएको बताइएको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर