९ कार्तिक २०८३, आइतबार

भरतपुरको मेयरमा उम्मेदवारी दिन सांसद सुवेदीले दिए राजीनामा

  • ९ वैशाख २०७९, शुक्रबार
Image

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन्। स्थानीय निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् ।

नेकपा एमालेबाट महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ। सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिएका हुन् । 

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेश सभा सदस्यको रुपमा काम गरे। 

उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए। सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ। उनी भरतपुर महानगरपालिका-१२ का स्थायी बासिन्दा हुन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर