सत्तारुढ पाँच दलीय गठबन्धनले पाल्पामा स्थानीय तहहरुको भागबण्डा टुंग्याएका छन्। गठबन्धनको जिल्लास्तरीय कार्यदलको शनिबार बसेको बैठकले पाल्पाका १० वटै पालिकामा भागबण्डा टुंग्याएका हुन्।
राष्ट्रिय जनमोर्चाका जिल्ला सह–इन्चार्ज अनिलकिशोर घिमिरेले पाल्पाका सबै पालिकामा गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए।
उनका अनुसार पाल्पाका दुबै नगरपालिकाका प्रमुख कांग्रेसको भागमा परेका छन्। घिमिरेले रामपुर नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै पदमा उम्मेदवार उठाउने सहमति भएको बताए।
यस्तै तानसेन नगरपालिकामा कांग्रेसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेदवारी दिने भएको छ। माथागढी गाउँपालिकामा पनि कांग्रेसले नै अध्यक्ष र उपाध्यक्ष पाएको छ।
निस्दी गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ।
पूर्वखोला गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष,
वगनासकालीमा कांग्रेसले अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्षको उम्मेदवार दिने भएको छ।
रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, रिब्दीकोट गाउँपालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाएको छ।
यस्तै तिनाउ गाउँपालिकाको अध्यक्षमा माओवादी र कांग्रेसले उपाध्यक्ष तथा रम्भा गाउँपालिकमा एकीकृत समाजवादीले अध्यक्ष र कांग्रेस उपाध्यक्षमा उम्मेदवार उठाउने दलहरुबीच सहमति जुटेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation