काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ।
बैठक आज बिहान १०:३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार सदनमा लिने विश्वासको मतबारे छलफल हुनेछ। प्रचण्डले विश्वासको मत लिएसँगै सरकार विस्तार गर्ने तयारी छ।
१० दलीय गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने नेताहरूको विषयमा पनि कांग्रेसले छलफल गर्दैछ।
प्रचण्डको विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी भएकाले कांग्रेसले पार्टीबाट सरकारमा जानेहरूको नाम टुंगो लगाउने तयारी गरेको हो।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिको लागि आग्रह गरेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation