१८ मंसिर २०७९, आइतबार

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, कुन जिल्लामा को खटिए?

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- निर्वाचन आयोगले  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो। 

आयोगले सूचना प्रकाशन गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो। 

७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 



 

प्रतिक्रिया

सम्बन्धित खवर