काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सबैभन्दा ठूलो चुनौती नेताहरुलाई मिलाउनमा भएको बताएका छन्।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधरणसभा कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेताहरु एकढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति अहिले पनि देख्छु।’
आफूलाई सबैभन्दा ठूलो चुनौती नेताहरु मिलाउनमा भएको प्रचण्डको भनाई छ। ‘नेताहरु मात्र मिलाउन सक्ने हो र एकढिक्का भएर यो पार्टीलाई नेतृत्वमा स्थापित गर्ने भन्ने हो भने जनतामा दुःख छैन।’
तराई मधेशमा हजारौं पार्टी प्रवेश गरिरहँदा आफ्नै पार्टीका नेताहरु तछाडमछाड गरेर बसेको बताए। ‘अहिले हामीले नेताहरुको लागि छानबिन समिति बनाउनपर्ने,’ प्रचण्डले भने, ‘जनताको लागि होइन।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation