२०८० फागुन ३० बुधबार
काठमाडौँ । बुधबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत
दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष
रञ्जिता श्रेष्ठले पार्टीभित्र फरक फरक बिचार हुनु स्वभाविक भएको र यसले पार्टीलाई
कुनै असर नगर्ने बताइन।
अध्यक्ष श्रेष्ठले फरक–फरक बिचारका कारण पार्टी र परिवारलाई
कुनै असर नपर्ने बताएकी हुन।
त्यस्तै उनले पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्ने
समेत बताइन्। उनले संस्थापक रेशम चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफु पनि सँगै
रहेको जिकिर गरिकी छीन।
उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई
अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको बताइन। उनले पार्टी परिवारको
नभई जनताको पार्टी भएको उल्लेख गरिन् छिन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation