हेटौँडा- मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ। भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो।
एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको ओरालोमा सडकबाट तल खस्दा दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा २२ जना घाइते भएकका छन्। उनीहरुलाई अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न नसकेको बताएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation