८ कार्तिक २०८३, शनिबार

यातायात व्यवस्थापनबारे कांग्रेस सहमहामन्त्री यादवले गरे गृहमन्त्रीको ध्यानाकर्षण

  • १४ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराएका छन्।

गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराएका हुन्।

यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि हुन्। भेटमा ट्रक व्यवसायी महासंघ र यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थियो। यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो।

गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताए। आफूहरूले ठूला चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाटै पहल गरिरहेको बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर