८ कार्तिक २०८३, शनिबार

आफूलाई हराएका बोहोरालाई गृहमन्त्री खाणले दिए बधाई

  • १० मंसिर २०७९, शनिबार
Image

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई बधाई दिएका छन्। आफूसँग प्रतिष्पर्धा गरी विजयी भएका बोहोरालाई खाणले टेलिफोनबाट बधाई दिएका हुन्।

गृहमन्त्री खाणले बोहोरालाई सफल कार्यकालको शुभकामना पनि दिएको उनको सचिवालयले जनाएको छ। बोहोराले खाणलाई दुई हजार ६ सय ८१ मतले पराजित गरेका हुन्। बोहोराले ३६ हजार ७१७ मत प्राप्त गरे भने खाणले ३४ हजार ३६ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर