काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले होली पर्व (फागु पूर्णिमा) का अवसरमा शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन्।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ मनाइने भन्दै उनले मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्ने बताएका छन्।
‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ’, उनको सन्देशमा उल्लेख छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation