काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गरेका छन्।
यस्तै देउवाले रामेछापको मन्थली नगरपालिका-१३, साँखे (फुलासी) मा निर्मित नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसनको पनि प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका छन्।
.jpg)
सबस्टेसन स्वदेशी पुँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो। माथिल्लो तामाकोसी आयोजनाले यसअघि ढल्केबरमा नेपालकै ठूलो ढल्केबर सबस्टेसन बनाई सञ्चालन गरिसकेको छ।
.jpg)
रामेछापको नयाँ खिम्ती सबस्टेसन देशको दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत् जडान हुने उक्त सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणको भनाइ छ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलो मिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट यस नयाँ खिम्ती सबस्टेसन जडान भइसकेको छ।
माथिल्लो तामाकोसीका अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’बाट उत्पादित विद्युत् सबस्टेसनमा जोडिएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
© Lok Kalam . Designed and Developed by Goldenmud Creation