काठमाडौं- परराष्ट्रमन्त्री
एनपी साउदले बेलायाती सेनाका प्रमुखबीच शिष्टाचार भेट गरेका छन्।नेपाल भ्रमणमा
रहेका बेलायती सेनाप्रमुख जनरल जनरल सर प्याट्रिक स्यान्डर्सलाई आज शीष्टाचार भेट
गरि भूतपूर्व गोर्खा सैनिकका मागहरु सम्बोधन गर्नेबारे छलफल गरेका छन्।
भेटमा नेपाल र बेलायतको
दुई शताब्दीभन्दा लामो समयदेखिको द्विपक्षीय सम्बन्ध
रहेको बताए।
गोर्खाहरूले बेलायती सेनामा पुर्याएको अतुलनीय योगदान रहेको
उल्लेख गर्दै मन्त्री साउदले सन् १९९७ भन्दा अगाडी रिटायर भएका भूतपूर्व
गोर्खाहरूले उठाएका समान पेन्सन लगाएत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिने बताए।
भूतपूर्व गोर्खा सैनिकका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई
खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्यायामिल्ने हुनाले यसको सिघ्र सम्बोधन
गरिदिन सेनाप्रमुखसँग अनुरोध गरेका हुन। नेपालको मुख्य विकास साझेदारको रूपमा
बेलायतले पुर्याएको सहयोगका लागि मन्त्री साउदले धन्यवाद दिए।
बेलायती सेनाप्रमुखले पनि गोर्खा सैनिकका विषयमा समाधान
चाहेको र गोर्खाका मागलाई बे्लायतले गम्भीरताका साथ लिएको बताए। बेलायतमा हाल
आर्थिक कठिनाइ भए पनि नेपाललाई निरन्तर सहयोग रहने बेलायती सेना प्रमुखले बताउनु भयो।
साथै आगामी दिनहरुमा निरन्तर सहयोग गर्ने र नेपालमा रोजगारी सिर्जना पर्यटन
विकास लगाएत आर्थिक वृद्धिमा केन्द्रित रहने बताए। नेपालले
राष्ट्रसंघीय शान्ती मिसनमा पुर्याएको योगदानको बेलायती सेनाप्रमुखले उच्च प्रसंसा
गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation