काठमाडौं । संघीय राजधानीको नयाँ बानेश्वर क्षेत्र बुधबार दिनभर तनावग्रस्त बन्यो। सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले त्यसको विरोधमा प्रदर्शन गरेका हुन्।
यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकारले संसदमा एमसीसी टेबल भने सकेन्। प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोर हान्नुका साथै लाठीचार्जसमेत गरेको थियो। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरे। त्यसक्रम केही प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएका छन्।













© Lok Kalam . Designed and Developed by Goldenmud Creation