८ कार्तिक २०८३, शनिबार

विश्वकप छनोट : अभ्यासरत नेपाली क्रिकेट टोली (फोटोफिचर)

  • ४ फागुन २०७८, बुधबार
Image

काठमाडौं । अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकप छनोट खेल्न नेपाली टोली हाल ओमानमा रहेको  छ। ओमानमा नेपालसहित ८ टिमले छनोट प्रतियोगिता खेल्दैछन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियामा २०२२ को अन्तिममा हुने  टी–२० विश्वकपमा सहभागिता जनाउन पाउनेछन् । त्यसकै तयारीमा अहिले नेपाली क्रिकेट टोली जुटेको छ।  प्रतियोगितामा नेपालले यही फागुन ६ मा पहिलो खेल घरेलु टिम ओमानविरुद्ध खेल्नेछ। ओमानलाई पराजित गर्दै नेपाल अगाडि बढ्ने योजनामा रहेको छ । अहिले नेपाली टोलीका खेलाडी अभ्यासमा व्यस्त छन्। प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले खेलाडीलाई निखारि रहेका छन् ।  

छनोट प्रतियोगिता खेल्नुअघि नेपालले चार देशीय शृंखला खेलेको थियो। जसमा नेपालको प्रदर्शन औसत रह्यो । ओमानलाई हराएको नेपाल यूएई र आयरल्याण्डसँग पराजित भयो । आयरल्याण्डसँग त नेपाल जित नजिक पुगेर पनि ब्याटिङ नचल्दा पराजित भयो भने यूएईसँग बलिङ चलेन । ओमानसँगको खेलमा भने बलिङ र ब्याटिङ दुवैमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो।

ओमान भ्रमणमा रहेको १७ सदस्यीय टोलीबाट नेपालले छनोट प्रतियोगिताका लागि १४ सदस्यीय अन्तिम टोली चयन गरिसकेको छ। मुख्य फास्ट बलर करण केसी र सोमपाल कामीबिना नेपालले पहिलो पटक प्रमुख प्रतियोगिता खेल्दैछ।


 

प्रतिक्रिया

सम्बन्धित खवर