गुजरात- भारतको गुजरातको सुरतमा ६ तले भवन भत्किदा ७ जनाको मृत्यु भएको छ।
जिल्ला डीसीपी राजेश परमारका अनुसार १२ घण्टा देखि चलिरहेको उद्धार अभियानमा ७ वटा शव निकालिएको छ भने भत्किएको भवनको भग्नावशेष हटाउने काम जारी रहेको छ।
गुजरातको सुरतस्थित सचिन पाली गाउँमा रहेको सो ६ तले भवन भत्किएको हो। सो घटना शनिबार दिउँसो करिब ३ बजेको हो। घटनाको समयमा ठूलो आवाज आएकोले स्थानीय मानिसले भूकम्प आएको ठानेका थिए। ठूलो आवाज आएको सुनेर बाहिर हेर्दा भवन ढलेको पाएको स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation