कोलम्बो- श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक सङ्कटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन्।
यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए। श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ। खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाको समेत अभाव हुन थालेको छ।
देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ। आर्थिक सङ्कटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यु लगाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation