८ कार्तिक २०८३, शनिबार

वरिष्ठ चिनियाँ नेता लिउ जियानचाओ नेपाल आउँदै

  • २३ असार २०७९, बिहिबार
Image

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ।

‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने एउटा चलन छ। त्यही सिलसिलामा आउन लागेका हुन् ।’ राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने निश्चित भएको छ।

उनले सभामुखलाई पनि भेट्नसक्ने बताइएको छ, तर अरू भेटघाटको विषय टुंगो लागिसकेको छैन। प्रारम्भिक जानकारीअनुसार चार दिनसम्म यहाँ रहनेछन्। विदेश विभाग प्रमुख भए लगत्तै जियानचाओले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल सम्वाद गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर