१० असार २०८१, आइतबार

वित्थडचिरमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

  • २६ फागुन २०८०, शनिबार
Image

२०८० फागुन २५ शुक्रबार

महिलामाथि हुने हिंसा समुन्नत समाजका लागि वाधकसमेत भएकोले यसलाई अन्त्य नगरे महिलाले समान अवसर र अधिकार पाउन सक्दैनन्

काठमाडौँ — आज बझाङको वित्थडचिरमा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयको छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ। महिलामा लगानी  सभ्य र समुन्नत समाजको  थालनी भन्ने राष्ट्रिय नाराका साथ यो दिवस आज देशभर पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयको छ ।  

यसैबीच वित्थडचिर गाउँपालिकामा पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि बिभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइयको हो।

उक्त  दिवसको अवसरमा  शुक्रबार  माध्यामिक बिद्यालय स्तरीय बक्तत्वकला प्रतियोगीतादेउडा, नाटक, नृत्य कार्यक्रमको आयोजना गरि महिला दिवस मनाएको  महिला तथा बालबालिका शाखा प्रमुख  सरिता अवस्थीले जानकारी दिइन ।   

दिवसको अवसरमा पालिकाका ९ वटै वडाहरुको सहभागीता रहेको थियो। माध्यामिक बिद्यालय स्तरीय बक्तत्वकला प्रतियोगीतामा ६ वटा बिद्यालय  सहभागी थिए। दिवसमा देउडा, नाटक, नृत्य माध्यामिक बिद्यालय स्तरीय बक्तत्वकला प्रतियोगीता कार्यक्रमको आयोजना गरि मनाइयको प्रमुख अवस्थीले बताइन ।   

यस्तै बक्तत्वकला प्रतियोगीतामा प्रथम भएको सुनकुडा माध्यामिक विधालयले नगद पुरस्कार १ हजार २ सय द्धितीय महादेव माध्यामिक बिद्यालयले १ हजार र देवेश्वरी माध्यामिक बिद्यालयले तृतीय पुरस्कार ८ सय दिएको छ,भने देउडा,नृत्य नाटक प्रतियोगीता तर्फका सहभागी सबैलाई ७ हजार ५ सय नगद पुरस्कार दिएको उनले बताइन।  

 

 

प्रतिक्रिया

सम्बन्धित खवर