नयाँ दिल्ली- चीनको विमान दुर्घटनापछि भारतको वायुसेवा नियामक निकायले बोइङ ७३७ मोडलका सबै विमानहरूलाई 'उच्च निगरानीमा' राखिएको छ।
भारतको वायुसेवा नियामकले उडान प्रक्रिया र सञ्चालन लगायतका विषयहरूको निगरानीका लागि टोलीहरू पठाएको जनाएको छ।
'उडान सुरक्षा एउटा गम्भीर विषय हो र हामी परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेका छौँ,' भारतको नागरिक उड्डयन सङ्घका महानिर्देशक अरुण कुमारले भने, 'तत्कालका लागि हामीले बोइङ ७३७ का जहाजहरूलाई उच्च निगरानीमा राखेका छौँ।'
बीबीसीले अमेरिका, युरोप र चीनका नियामकहरूलाई पनि प्रतिक्रियाका लागि अनुरोध गरेको थियो।
अमेरिकी विमान निर्माता बोइङले अनुसन्धानलाई सहयोग गरिरहेको र अमेरिकी राष्ट्रिय पारवहन सुरक्षा बोर्डसँग सम्पर्कमा रहेको जनाएको छ।
विश्वभरि बोइङ ७३७-८०० मोडलका ४,२०८ वटा यात्रुवाहक विमान सञ्चालनमा रहेको उड्डयन विश्लेषक संस्था सिरियमले जनाएको छ। तीमध्ये एकचौथाइभन्दा बढी विमानहरू चीनमा रहेको बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation