काठमाडौं- नेपाल तरुण दलले भदौ १६ गते राखिएको केन्द्रीय कार्यसमितिको प्रतिज्ञा सभा स्थगित गरिएको छ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुणका पूर्व महासचिव डा. राजाराम कार्कीको निधन २०८० साल भदौ ६ गते भएको र २०८० साल भदौ १८ गते १३ औं दिनको पुण्य तिथि परेको हुँदा केन्द्रीय कार्यसमितिको प्रतिज्ञा सभा स्थगित गरिएको जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, 'उक्त समय भित्र नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले कुनै पनि कार्यक्रम नगरिने भएकोले नेपाल तरुण दल केन्द्रीय समितिद्वारा मिति २०८० साल भाद्र १६ गते राखिएको केन्द्रीय समितिको प्रतिज्ञा सभाको कार्यक्रम स्थगित गरिएको जानकारी यसै सूचना मार्फत गराउँदै उक्त प्रतिज्ञा सभाको कार्यक्रम मिति तय गरी पछि अर्को सूचना मार्फत जानकारी गराइने छ।'

© Lok Kalam . Designed and Developed by Goldenmud Creation