८ वैशाख २०८१, शनिबार

फागुन १ गते हिंसा दिवस हो, क्यालेण्डरमा बिदा राखे हटाउँछौँ : केपी ओली

  • १६ चैत २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने चेतावनी दिए। गत फागुन १ गते सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो। सरकारले दिएको बिदाप्रति ओलीले कटाक्ष गरेका हुन्।

माओवादी घटकहरुले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने गर्दछन्। अध्यक्ष ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पनि बताए। उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए।

‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यो गलत कुरा हो,कानून विपरित छ भन्नेकुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ।’

अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए। उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए। उनले आम नागरिकहरु बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर