८ कार्तिक २०८३, शनिबार

असार १ गतेबाट कार्यालय समय परिवर्तन

  • ३१ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौं- गृह मन्त्रालयले आगामी असार १ गतेबाट कार्यालय समय १० देखि ५ बजेसम्म हुने जनाएको छ। 

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो। सरकारले यसअघि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

मन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरलले सोमबार साँझ जारी गर्नुभएको सूचनामा उक्त कुरा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर