काठमाडौं- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउँदै छन्। सहायक विदेशमन्त्री डोनाल्डले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनले आजै यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने दूतावासले जनाएको छ। यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ। उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation