८ कार्तिक २०८३, शनिबार

दोश्रो स्व लिला श्रेष्ठ सुब्बा स्मृति कप टेबुल टेनिस प्रतियोगिता सम्पन्न

  • १७ वैशाख २०८०, आइतबार
Image

बैशाख १४-१६ सम्म चलेको प्रतियोगिता सम्पन्न भएको छ।  उक्त कार्यक्रमको उत्घाटन धरानको मेयर हर्क साम्पंगले गरेका द भनि समापन अखिल नेपाल टेबुल टेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्द वैधले गरे।  उक्त खेलमा जम्मा ८० जना सहभागीहरु रहेको संयोजक मोहन पाण्डेले जानकारी दिए। खेलको लागी मेटल सेवर्स प्रा.लीका संचालक  निम जोशीले सुनसरी जिल्ला टेबुल टेनिस संघलाई ५० हजार बराबरको दुई थान स्कोर टेबुल १ थान मल्टीबल स्टेन्ड उपलब्ध गराएको आयोजक समितिले जानकारी दिए। त्यसतै DHS लिनिङ्ग कम्पनी टेबुल टेनिस बल वियूल महर्जन१२ हजार बराबरको DHS Ball संघलाई हस्तान्तरण गरेको प्रमुख प्राबिधिक बिनोद शाक्यले जानकारी दिए। 


७ बटा विधा रहेको खेलमा खेलाडीहरुलाई १ लाख ४० हजारको नगद आयोजक समितिले उपलब्ध गराएको छ।      

१५ बर्ष मुनि महिला र पुरुषहरुको प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार दोश्रो हुनेलाई ३ हजार तेस्रो २ हजार 

१९ बर्ष मुनि महिला र पुरुषहरुको प्रतियोगितामा प्रथम हुनेलाई १० हजार दोश्रो हुनेलाई ५ हजार तेस्रो २५ सय 

महिला र पुरुषहरुको खुल्ला प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार दोश्रो हुनेलाई ७ हजार तेस्रो ३ हजार र 

भेट्रान्स सिंगलमा  प्रथम हुनेलाई १० हजार दोश्रो हुनेलाई ५ हजार तेस्रो २५ सय गराएको संयोजक पाण्डेले बताए। 

   

धारण को कबर्डहालमा फाइनलमा विश्व वानियाले ११-९,११-८,१२-१०,८-११,११-७ मा ४-१ले पराजित गरि प्रथम स्थान ओगट्न सफल भए।  


त्यसै गरी भेट्रान्स सिंगलमा चन्दन शाहीले मुकेश महर्जनलाई ८-११,११-९,१०-१२,१२-१०,११-९,३-२ले पराजय गरि प्रथम हुन् सफल भए।  उक्त खेलमा सम्झना ल्याव्रेटरीले नगद १० हजार र वर्डलिंकले ५ हजार सुनसरी जिल्ला टेबुल टेनिस संघलाई हस्तान्तरण गरेको आयोजक समितिले जानकारी दिए।  


 

प्रतिक्रिया

सम्बन्धित खवर