८ कार्तिक २०८३, शनिबार

वित्थडचिरमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

  • २७ चैत २०८०, मङ्गलबार
Image

२०८० चैत २४ शनिवार  

काठमाडौं- बझाङको वित्थडचिर गाउँपालिकामा आगामी बैशाख ३ गतेबाट वडा स्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ। वित्थड युथ क्लबको आयोजनामा नयाँ बर्ष २०८१ को पावन अवसरमा  बैशाख ३ गतेदेखि वडा स्तरिय खुल्ला, पुरुष क्रिकेट प्रतियोगिता संचालन गर्न भएको हो। 

क्लबका अध्यक्ष सुरेश बोहराले स्थानीय तहको वडा भित्र सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने र खेलप्रति आकर्षक बढाउन उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उनले यति मात्र नभई वित्थडलाई चिनाउन र खेलकुदमा ध्यानाकर्षण गराउन समेत उक्त खेलको आयोजना गरेको बताए।  

अहिले नेपालमा क्रिकेट क्रेज बढ्दै गएकाले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र यसबाट जीवन गुजारा समेत गर्न सक्ने समय आएको अध्यक्ष बोहराको भनाइ छ। वडामा खेलाडीको अभाव देखिएकाले आगामी दिनहरुमा पनि विभिन्न खेलको आयोजना गर्ने उनको प्रतिबद्धता छ।

क्रिकेट खेलले नेपाललाई चिनाउदै गएकाले यो खेलको विकासका लागि स्थानीय सरकाले समेत ध्यान दिनुपर्ने उनले बताए।     

प्रतियोगितामा सहभागीका लागि बैशाख  दुई गते सम्म टिम दर्ता को समय रहेको छ। प्रतियोगितामा  प्रथम हुने टिमले नगद पुरस्कार २८ हजार ८ सय ८८ र १५ जनालाई मेडल प्रमाण-पत्र दिईने छ। त्यस्तै द्रितीय हुने टिमलाई नगद पुरस्कार १७ हजार ७ सय ७७ र १५ जनाले मेडल प्रमाण-पत्र पाउने छन्।

प्रतियोगितामा सहभागीले टिम दर्ता गर्न आउदा आफ्नो नागरिता प्रमाण-पत्र मतदाता नामावली वा जन्म दर्ता मध्य कुनै एकको फोटोकपि सहित पेस गर्नु पर्ने छ। टिम दर्ता रकम रु ४ हजार लाग्ने छ। सम्बन्धित वडाको टिम वा सम्बन्धित क्लबको टिम भएमा सोहि खेलाडी हुनुपर्ने क्लबको सुचनामा उल्लेख गरिएको छ।  क्लबको सुचनामा उल्लेख अनुसार खेलमा मेन अफ दि म्याच र उत्कृष्ट बोलर, उत्कृष्ट व्याटस म्यान र म्यान अफ दि सिरज प्रदान गरिने छ। खेल बैशाख  तीन गते माथिल्लो वित्थडको खेल मैदानमा चल्ने छ।    

 

प्रतिक्रिया

सम्बन्धित खवर