८ कार्तिक २०८३, शनिबार

भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

  • २४ माघ २०७९, मङ्गलबार
Image

काठमाडौं- भारतलाई पराजित गर्दै नेपाली टोली साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद मुस्ताफा स्टेडियममा मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। 

नेपालका लागि अञ्जली चन्दले ४८, प्रीति राईले ६९ र अमिशा कार्कीले ८९औँ मिनेटमा गोल गरे। भारतका लागि अपूर्णा नर्जरीले २१औँ मिनेटमा एक मात्र गोल गरेकी थिइन्। फाइनल खेल्ने अर्को टोलीको टुङ्गो भने दोस्रो खेलपछि हुनेछ। आजै हुने दोस्रो खेलमा बंगलादेश र भुटान खेल्नेछन्।

खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर