१७ वैशाख २०८१, सोमबार

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी ,दीपेन्द्रसिंह ऐरी

  • १ वैशाख २०८१, शनिबार
Image

>२०८१ बैशाख १ शनिवार

काठमाडौं- दीपेन्द्रले २० औं ओभरमा कतारका मध्य गतिका बलर कमरान खानलाई ६ बलमा ६ छक्का हानेर उनी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन्।

पहिलो खेलमा शुक्रबार मलेसियालाई ५ विकेटले हराउन दीपेन्द्रले २० रन बनाउनुको साथै २ विकेट लिए। १४४ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई तल्लोक्रममा उनले ११ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण २० रन जोडे।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा नेपालको सुरुवाती दुबै खेलमा प्लेयर अफ द म्याच पनि चुनिएका छन् । नेपाललाई जिताउन शानदार अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले प्लेयर अफ द म्याच अवार्ड पाएका हुन् ।

शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले हराउन दीपेन्द्रले ६४ रन बनाउनुको साथै दुई विकेट लिएका थिए । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो।

नेपालले अब सोमबार हङकङ र बुधबार साउदी अरेवियासँग खेल्नेछ । समूह ए मा नेपाल ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया छन् । हरेक समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर