९ कार्तिक २०८३, आइतबार

तोलामा सात सयले बढ्यो सुनको मूल्य

  • ७ फागुन २०७९, आइतबार
Image

काडमाडौं- आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा सात सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढाएको हो।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो।

आज चाँदीको मूल्य समेत बढेको छ। तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर