८ कार्तिक २०८३, शनिबार

स्थानियको अवरोधका कारण फर्कियो फोहोर

  • २५ जेठ २०७९, बुधबार
Image


लोक कलम सम्वाददाता,

काठमाडौँ, २५ जेठ ।  

स्थानीयको अवरोधपछि बञ्चरे डाँडाबाट फोहोर सहितका डेढ सय ट्रक काठमाडौं फर्काइएको छ । स्थानीयहरु अराजक रुपमा प्रस्तुत हुन थालेपछि आफुहरुले फोहोर बिसर्जन गर्न नपाएको र काठमाडौं फर्काउन बाध्य भएको वातावरण विभागले बताएको छ । सुरक्षा बलको प्रयोगले समेत स्थानीयको आक्रोश बढेको हुन सक्ने विभागको भनाई छ । 

बुधबार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध पु¥याएका हुन्। स्थानीय विरोध गर्दै सडकमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । अवरोध हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास समेत प्रयोग गरेको छ। प्रहरीको टोली काठमाडौंबाटै परिचालन भएको बताइएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर