३१ वैशाख २०८१, सोमबार

एसपीपीबारे अमेरिकालाई पठाएको पत्रमा के छ ? एमाले संसद्को चासो, लेखिएको पत्र सार्वजनिक गर्न माग

  • १३ साउन २०७९, शुक्रबार
Image

काटमाडौं - प्रतिपक्षी नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गरेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा बताएपछि सांसदहरुले प्रश्न गरिरहेका छन् । यस क्रममा नेकपा एमालेका सांसदहरुले पत्रमा के छ ? भनी प्रश्न गरेका हुन् ।

एमाले सांसद भीम रावलले अमेरिकालाई पठाएको पत्रको प्रतिलिपी नै माग गरे । एमालेकै सांसद शिवमाया तुम्बाहाम्फेले पत्रमा भएको विवरण सारा नेपालीले थाहा पाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर