२०८० फागुन १६ बुधबार
काठमाडौं- मालीमा पुलबाट बस
झर्दा ३१ जनाको मृत्यु भएको छ। मंगलबार हिजो साँझ ५ बजेतिर केनिएबाबाट बुर्किना फासो जाँदै गरेको बस बागोए
नदीमाथिको पुलबाट झरेको हो।
यो घटनामा कम्तीमा १० जना घाइते भएको बताइएको छ । यी मध्ये
केहीको अवस्था गम्भीर भएको जनाएको छ। चालकले बस नियन्त्रण गर्न नसक्दा यो घटना भएको स्थानीय अधिकारीहरूको भनाइ छ।
घटनाको विस्तृत विवरण भने आएको छैन।
मालीमा सडक दुर्घटना सामान्य जस्तै बनेको छ ।
सडक र सवारी साधनको खराब अवस्था, ओभरलोड र कमजोर सडक नियमन
आदि कारणले बेला बेलामा दुर्घटना हुने गरेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation