८ कार्तिक २०८३, शनिबार

यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न गृहले बनायो छानबिन समिति

  • ७ जेठ २०७९, शनिबार
Image

काठमाडौं- सुन्दरी प्रतियोगितामा भाग लिँदा यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न ५ सदस्यीय समिति बनेको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो। 

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण जनाउँदै छानबिन समिति गर्न प्रहरीलाई निर्देशन दिएको थियो। 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।  समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर