बाँके- बाँके क्षेत्र नम्बर १ मा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पराजित भएका छन्। यहाँबाट नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन्।
ढकाल २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले बताए। लोकतान्त्रिक-वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले हराउँदै ढकाल निर्वाचित भएका हुन्। गहतराजले १९ हजार छ सय ३२ मत पाएका छन्।
उक्त निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation