८ कार्तिक २०८३, शनिबार

नेविसंघ शंकरदेव क्याम्पसको इकाई अध्यक्षमा सन्देश खाँण मनोनित

  • १४ जेठ २०८०, आइतबार
Image

काठमाडौं- नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसको इकाई अध्यक्षमा सन्देश खाँण मनोनित भएका छन्।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले खाँणलाई शंकरदेव क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्।

नेविसंघको प्रभाव क्याम्पस मानिने शंकरदेवमा इकाई अध्यक्ष रिक्त रहेको भन्दै खाँणलाई जिम्मेवारी तोकिएको हो।

केन्द्रीय अध्यक्ष शेर्पाले आइतबार उनलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्।

तीन महिनाभित्र अधिवेशन गर्ने गरी क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघद्वारा जारी परिपत्रमा उल्लेख छ।

हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शंकरदेवमा नेविसंघ विजयी भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर