८ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले लिए शपथ

  • ६ पुष २०७९, बुधबार
Image

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिभएका हुन्। सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो। राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुन्।

नागरिकताको प्रमाणपत्र अनुसार, उनको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ दिलाउने व्यवस्था छ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर