काठमाडौं- झापा १ मा नेपाली कांग्रेसका उमेदवार विश्वप्रकाश शर्मा विजयी भएका छन्। उनले नेकपा एमालेका उमेदवार अग्नि खरेललाई पराजित गर्दै विजयी भएका हुन्।
शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् भने एमालेका खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् । खरेलभन्दा शर्माले १४ हजार २७५ बढी पाएका हुन्।
एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो। २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation