९ कार्तिक २०८३, आइतबार

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च आफैँ बेहोर्ने

  • १९ वैशाख २०८०, मङ्गलबार
Image

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने भएका छन्। सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन्।

उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति  पौडेल को स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो।

कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि यही वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल गत आइतबार राति स्वदेश फर्किएका थिए। 



प्रतिक्रिया

सम्बन्धित खवर