८ कार्तिक २०८३, शनिबार

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु , ७ जना घाइते

  • १० चैत २०८०, शनिबार
Image

२०८० चैत १० शनिवार

काठमाडौँ- बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अन्य ७ जना घाइते भएका छन् ।

शुक्रबार राति ९ बजेतिर जिल्लाको जयपृथ्वी नगरपालिका-६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहका अनुसार  मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको डीएसपी भरतबहादुर शाहले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर