८ कार्तिक २०८३, शनिबार

अर्थतन्त्र सुधार्न पार्टीले अर्थमन्त्रीलाई निर्देशन दिनुपर्‍यो : रामजनम चौधरी

  • ७ असोज २०८०, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले  अर्थतन्त्रलाई सुधारान्मुख बनाउन अर्थमन्त्रीलाई हामीले विशेष अनुरोध गर्नुपर्ने बताएका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने- ‘नेपालको आर्थतन्त्र ध्वस्त भइसकेको छ। अर्थतन्त्रलाई सुधारान्मुख बनाउन हामीले विशेष गरी अर्थमन्त्रीलाई अनुरोध गर्नुपर्ने अवस्था छ।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महत अहिले अर्थमन्त्री छन्। चौधरीलले भने,‘अर्थतन्त्र नाजुक अवस्थामा छ। चलायमान भएको छैन। अर्थमन्त्रीलाई पार्टीले निर्देशन दिओस्,’ उनले भने।

‘गाउँ–गाउँमा पार्टीका साथीहरुमा उत्साह कम पाएको उनले सुनाए। ‘कार्यकर्तालाई जोडिराख्न कार्यक्रम दिनुपर्ने अवस्था छ’ उनले भने। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो आक्रमण भएको उनको भनाइ छ।

‘हाम्रो सहमहामन्त्री महेन्द्र यादवमाथि संघातिक आक्रमण भएको छ । यो गणतन्त्रमाथिको आक्रमण हो। यसमा हामी गम्भीर बन्नुपर्छ,’ चौधरीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर