५ जेठ २०८१, शनिबार

३ प्रदेशमा वर्षा हुँदै, अन्य ४ मा पनि वर्षाको सम्भावना

  • २१ जेठ २०७९, शनिबार
Image

काठमाडौं- देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि केही प्रदेशमा वर्षासमेत भइरहेको छ।

स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावको कारण अहिले प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली छ।

अहिले प्रदेश १ र मधेश प्रदेश प्रदेशका केही स्थानमा वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

गएराति प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भएको छ। त्यो क्रम आज पनि जारी रहने महाशाखाले जनाएको छ।

शनिबार दिउँसो प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार राति  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई  स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर