काठमाडौं- म्यानमार र मलेसियाका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई राजदूतले शपथ लिएका हुन्।
म्यानमारका लागि हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराज पौडेललाई केहि दिन अघि राष्ट्रपतिले नेपाल सरकारको सिफारिसमा नियुक्त गरेकी थिइन्।
उक्त अवसरमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको विज्ञप्तिमा जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation