८ कार्तिक २०८३, शनिबार

उपराष्ट्रपति चयनका लागि मतदान सुरु

  • ३ चैत २०७९, शुक्रबार
Image

काठमाडौं- उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको छ। 

बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ। निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन्। 

उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन्। यद्यपी प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छिन्। 

प्रतिक्रिया

सम्बन्धित खवर