८ कार्तिक २०८३, शनिबार

महिला साफ : श्रीलंका र भुटान भिड्दै

  • २४ भदौ २०७९, शुक्रबार
Image

काठमाडौं- साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ ५:३० बजे सुरु हुनेछ।

श्रीलंकासँग पाचौँ पटक भेट हुँदै गर्दा भुटान पहिलो जितको खोजीमा छ। प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले दुबै टिम पहिलो जितको खोजीमा हुनेछन्।

सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प छैन। श्रीलंकालाई भने बराबरीले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहन्छ।

श्रीलंकाले दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ। भुटान पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर