काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेका बताएका छन्।
शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका बताए।
उनले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र बिचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए। नेता केसीले कांग्रेसभित्र वैचारिक पुनर्जागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले आफुहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation