९ कार्तिक २०८३, आइतबार

शीतलहरले मध्यतराईको जनजीवन कष्टकर

  • २० पुष २०७९, बुधबार
Image

सप्तरी- शीतलहरका कारण मध्यतराईका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ। एक हप्तायता  चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो। शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ।

स्थानीय रमेश यादवका अनुसार सार्वजनिक ठाउँ, बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छन् भने विद्यालय, कलेजमा विद्यार्थीको उपस्थिति न्यून छ। शीतलहरकै कारण कतिपय विद्यालय बन्द भइसकेका छन्।

बाक्लो कुहिरो र शीतलहरका कारण सवारीसाधान पनि कम चलिरहेका छन्। चलेको सवारीसाधनमा पनि यात्रुक‍ो भिडभाड छैन्। चिसो बढेपछि मजदुरहरूले मजदुरी गर्न नसकेको राजविराज-२ की गुल्सन खातुनले बताइन्।

विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको छ। शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको सरकारले बताइरहे पनि व्यवहारमा देखिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर