८ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा चुनावका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनायो कार्यदल

  • २० साउन २०७९, शुक्रबार
Image

काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति बनाएको छ। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मेलित कार्यदल बनाइएको हो।

शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले ११ सदस्यीय समिति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

समितिमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहेका छन् भने एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल सदस्य छन्।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

कार्यदलले कुन दलले कति सिट पाउने भन्ने विषयमा ‘मोडालिटी’ तयार गरेर गठबन्धनका शीर्ष नेताहरुलाई सिफारिस गर्ने जनाइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर