८ कार्तिक २०८३, शनिबार

यौन हिंसा निस्तेज पार्न कानून संसोधन गर्न पनि सरकार तयार : गृहमन्त्री खाँड

  • २४ जेठ २०७९, मङ्गलबार
Image

लोककलम सम्वाददाता,

काठमाडौँ, २४ जेठ । 

गृहमन्त्री बालकृष्ण खाँडले देशमा बढ्दै गईरहेको यौन हिँसा जस्ता कार्यहरु प्रति दुख व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधीसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँडले यस्ता घटनाहरुले समाजमा विकृति सिर्जना गर्ने ाई पनि बताएका छन् ।

समाजमा बढिरहेको यौन हिँसा जस्ता घटनाहरु दुरुत्साहन गर्न नेपाल सरकारले कानून संसोधन गर्नु परे पनि गर्न तयार रहेको पनि बताएका छन् । 

त्यस्तै विभिन्न जिल्लाहरुमा भएका घटनाहरुको बिस्तृत विवरण प्रस्तुत गर्दै गृहमन्त्री खाँडले यस्ता सामाजिक विकृतिका कुराहरुलाई निस्तेज पार्न पनि नेपाल सरकार लागि परेको पनि बताए । 


प्रतिक्रिया

सम्बन्धित खवर